
काठमाडौं, २७ साउन — फिलिपिन्सको उत्तरी भागमा रहेको लुजों टापुमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा राजधानी मनिला हल्लिएको छ ।

शुक्रवार मध्यदिनमा गएको भूकम्पका कारण कर्मचारीहरू कार्यालय भवनबाट बाहिर निस्केका थिए । भूकम्पले कुनै क्षति पु–याएको छैन ।
फिलिपिन इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सीस्मोलोजीले भूकम्पको केन्द्रविन्दु लियान नामक नगरमा भएको र १७३ किलोमिटरमुनिबाट उत्पन्न भएको बताएको छ ।
इन्स्टिच्युटका अनुसार कुनै क्षतिको अपेक्षा गरिएको छैन । गहिरो ठाउँबाट आएको भूकम्पले पृथिवीको सतहमा कम क्षति गर्छ भलै त्यसको तरंग सबैतिर फैलिएको होस् ।
भूकम्पछि सुनामीको चेतावनी जारी गरिएको छैन । परकम्प भने हुनसक्ने बताइएको छ ।
एजेन्सी