
सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजय भएका छन् ।
उनले नेकपा एमालेबाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी भएका हुन् । ३४ हजार ८३२ मतमध्ये कांग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार २६३ मत ल्याए भने एमालेका विष्टले १५ हजार १८८ मत प्राप्त गरे ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी रहँदा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर फराकिलो बनाउँदै जित नजिक पुगेका हुन् । उनले २९ हजार ७०६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाहीले २२ हजार २८३ मत प्राप्त गरेका छन् ।