२९ जेठ २०८३, शुक्रबार

ट्रम्प मानसिक रोगी हुन् : पूर्व रिपब्लिकन सिनेटर

कात्तिक २०, २०७४
ट्रम्प मानसिक रोगी हुन् : पूर्व रिपब्लिकन सिनेटर

काठमाडौं, २७ साउन — एक पूर्व रिपब्लिकन सिनेटरले डोनल्ड ट्रम्प मानसिक रोगी भएकाले उनलाई तत्कालै पदबाट हटाउनुपर्ने बताएका छन् ।


न्यु ह्याम्पशायरलाई सन् १९७९ देखि १९९० सम्म प्रतिनिधित्व गरेका गोर्डन हम्फ्रेले राष्ट्रपति ‘मनोरोगी’ भएको भन्दै कंग्रेसका सदस्यहरूले उनलाई निकाल्नुपर्ने आग्रह गरेका छन् ।

न्यु ह्याम्पशायरका कैयौं डेमोक्रेट सिनेटर तथा प्रतिनिधिहरूलाई एक पत्र पठाउँदै हम्फ्रेले ट्रम्प खतरनाक, गम्भीर मनोरोगी र लाखौं मानिसको ज्यान लिनसक्ने व्यक्ति भएको उल्लेख गरे ।

‘डोनल्ड ट्रम्प गम्भीर बिरामी छन् । उनी खतरनाक छन् । एक नागरिक, पूर्व सिनेटर र सिनेटको सशस्त्र सेवा समितिको १२ वर्षसम्म सदस्य भएको नाताले म तपाईंहरूलाई तत्कालै उनलाई हटाउने प्रयासमा लाग्न आग्रह गर्छु । यो आपत्कालीन अवस्था हो ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्