०६ साउन २०८३, बुधबार

पाल्पाका दुवै क्षेत्रमा ठूलो मतान्तरसहित एमालेको अग्रता

पाल्पा- १ मा ९ हजार मतले नारायण अगाडि, २ मा ४ हजार मतले पछि परे सोमप्रसाद
पाल्पाका दुवै क्षेत्रमा ठूलो मतान्तरसहित एमालेको अग्रता

पाल्पाका दुईवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारले ठूलो मतान्तरले अग्रता कायम राखेका छन् । 

पाल्पा–१ नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानबहादुर गाहालाई भारी मतले पछि पार्दै नेकपा एमालेका नारायणप्रसाद आचार्यले अग्रता कायम राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार आचार्यले २२ हजार ८१८ मत प्राप्त गरेका छन् भने गाहाले १३ हजार ६१३ मत ल्याएका छन् । यहाँ आचार्य र गाहाबीचको मतान्तर ९ हजारभन्दा बढी छ । स्वतन्त्र उम्मेद्वार विपिन कँडेलले २ हजार २३४ मत पाएका छन् । 

त्यसैगरी, पाल्पा–२ मा नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयलाई नेकपा एमालेका ठाकुरप्रसाद गैरेले ४ हजारभन्दा बढी मतले पछि पारेका छन् । 

गैरेले २१ हजार ४४४ मत प्राप्त गर्दा पाण्डेयले १७ हजार १९९ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सुमन गैरेले ४ हजार ५८१ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्