इलाम क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास नेम्वाङले अग्रता कायमै गरेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् ।
इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।