×

NMB BANK
NIC ASIA

आम निर्वाचन

चापाकल चिह्न पाएका चार उम्मेदवार, जसले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते

मंसिर ८, २०७९

NTC
Premier Steels

चापाकल चुनाव चिह्न लिएर निर्वाचनको मैदानमा खडा भएका ४ स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई विभिन्न चिह्न प्रदान गर्ने गर्छ, जसमा चापाकल चिह्न पाएका चार उम्मेदवारले स्वतन्त्र हैसियतमै चुनाव जितेका हुन् । 

Muktinath Bank

मोरङ ५ बाट योगेन्द्र मण्डल, रौतहट ३ बाट प्रभु साह, २ बाट किरण कुमार साह र बर्दिया २ बाट लालवीर चौधरीले चापाकल चिह्नमा ती क्षेत्रका उम्मेदवारले भन्दा धेरै मत पाएर चुनाव जितेका हुन् । 
यस्तै माछा चिह्न पाएका सर्लाही ४ का उम्मेदवार अमरेश कुमार सिंहले पनि स्वतन्त्र हैसियतमै चुनाव जितेका छन् । कांग्रेसले टिकट नदिएपछि अमरेशले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ ५ मा योगेन्द्र मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरे । सत्ता गठबन्धनका मण्डलले १७ हजार ४८६ मत पाउँदा विजयी भएका मण्डलले २१ हजार ८२१ मत पाए । 
यसैगरी रौतहट २ मा किरण कुमार साहले ३२ हजार ८४२ मत पाएर विजय हासिल गर्दा हाल जेलमा रहेका आफताव आलका छोरा तथा कांग्रेस उम्मेदवार फिरदोस आलम २८ हजार २४८ मत ल्याएर पराजित भए । 


Advertisment
Nabil box
Kumari

यसैगरी रौतहट ३ मा पनि प्रभु साह स्वतन्त्र हैसियतमै विजयी भए । उनले ३२ हजार ४३७ मत पाएर विजय हासिल गरेका हुन् । उनले आफूले महागठबन्धनलाई स्वतन्त्र हैसियतमै हराएको दाबी गरेका छन् । यद्यपि माओवादीसहितको गठबन्धनले केन्द्रबाट उनलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, माओवादीका उम्मेदवार स्थानीयस्तरमा समर्थन गर्न तयार नभएपछि उम्मेदवारी कायम रह्यो । उसो त एमालेले टिकट दिँदादिँदै साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

Vianet communication

यस्तै बर्दिया २ मा चापाकल चुनाव चिह्न बाहक लालवीर चौधरीले विजय हासिल गरे । स्वतन्त्र उम्मेदवारी दिएका उनी हाल जेलमा रहेका नागरिक उन्मुक्ती पार्टीका रेशम चौधरीका बाबु हुन् ।  आफ्नो उम्मेदवारी खारेज हुने खतरा भएकै कारण रेशमले बुबालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । लालवीरलाई नागरिक उन्मुक्ति पार्टीको पूर्ण सहयोग थियो । लालवीरले २६ हजार ५२० मत ल्याएर विजय हासिल गर्दा माओवादीका उम्मेदवार सुरेश पन्थ २६ हजार ३८४ मत पाएर पराजित बने । 

हालसम्म स्वतन्त्रबाट चुनाव जितेका अमरेश कुमार सिंहको भने चुनाव चिह्न माछा थियो । उनले कांग्रेसका उम्मेदवारलाई हराउँदै आफ्नो जित सुनिश्चित गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x