०५ साउन २०८३, मंगलबार
आम निर्वाचन

चापाकल चिह्न पाएका चार उम्मेदवार, जसले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते

चापाकल चिह्न पाएका चार उम्मेदवार, जसले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते

चापाकल चुनाव चिह्न लिएर निर्वाचनको मैदानमा खडा भएका ४ स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई विभिन्न चिह्न प्रदान गर्ने गर्छ, जसमा चापाकल चिह्न पाएका चार उम्मेदवारले स्वतन्त्र हैसियतमै चुनाव जितेका हुन् । 

मोरङ ५ बाट योगेन्द्र मण्डल, रौतहट ३ बाट प्रभु साह, २ बाट किरण कुमार साह र बर्दिया २ बाट लालवीर चौधरीले चापाकल चिह्नमा ती क्षेत्रका उम्मेदवारले भन्दा धेरै मत पाएर चुनाव जितेका हुन् । 
यस्तै माछा चिह्न पाएका सर्लाही ४ का उम्मेदवार अमरेश कुमार सिंहले पनि स्वतन्त्र हैसियतमै चुनाव जितेका छन् । कांग्रेसले टिकट नदिएपछि अमरेशले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका हुन् ।

मोरङ ५ मा योगेन्द्र मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरे । सत्ता गठबन्धनका मण्डलले १७ हजार ४८६ मत पाउँदा विजयी भएका मण्डलले २१ हजार ८२१ मत पाए । 
यसैगरी रौतहट २ मा किरण कुमार साहले ३२ हजार ८४२ मत पाएर विजय हासिल गर्दा हाल जेलमा रहेका आफताव आलका छोरा तथा कांग्रेस उम्मेदवार फिरदोस आलम २८ हजार २४८ मत ल्याएर पराजित भए । 

यसैगरी रौतहट ३ मा पनि प्रभु साह स्वतन्त्र हैसियतमै विजयी भए । उनले ३२ हजार ४३७ मत पाएर विजय हासिल गरेका हुन् । उनले आफूले महागठबन्धनलाई स्वतन्त्र हैसियतमै हराएको दाबी गरेका छन् । यद्यपि माओवादीसहितको गठबन्धनले केन्द्रबाट उनलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, माओवादीका उम्मेदवार स्थानीयस्तरमा समर्थन गर्न तयार नभएपछि उम्मेदवारी कायम रह्यो । उसो त एमालेले टिकट दिँदादिँदै साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

यस्तै बर्दिया २ मा चापाकल चुनाव चिह्न बाहक लालवीर चौधरीले विजय हासिल गरे । स्वतन्त्र उम्मेदवारी दिएका उनी हाल जेलमा रहेका नागरिक उन्मुक्ती पार्टीका रेशम चौधरीका बाबु हुन् ।  आफ्नो उम्मेदवारी खारेज हुने खतरा भएकै कारण रेशमले बुबालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । लालवीरलाई नागरिक उन्मुक्ति पार्टीको पूर्ण सहयोग थियो । लालवीरले २६ हजार ५२० मत ल्याएर विजय हासिल गर्दा माओवादीका उम्मेदवार सुरेश पन्थ २६ हजार ३८४ मत पाएर पराजित बने । 

हालसम्म स्वतन्त्रबाट चुनाव जितेका अमरेश कुमार सिंहको भने चुनाव चिह्न माछा थियो । उनले कांग्रेसका उम्मेदवारलाई हराउँदै आफ्नो जित सुनिश्चित गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्