
काठमाडौं, २७ साउन — अहिले फेरि स्वाइन फ्लुको आतंक छ । यो संक्रामक रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ । समयमै यसको उपचार गराउनुपर्छ । यहाँ हामी स्वाइन फ्लुका लक्षणहरू र बचाउका उपायहरू बताउँछौं । यहाँ लेखिएमध्ये एउटा लक्षण पनि देखिए तुरुन्तै चिकित्सककहाँ गइहाल्नुस् ।

लक्षण
घाँटी दुख्नु
शरीरमा पीडा
बान्ता
थकान
चिसो लाग्नु
रुघाखोकी
यी व्यक्तिहरू विशेष सावधान हुनुपर्छ :
गर्भवती महिला
वृद्ध
एक वर्षभन्दा कम उमेरका बच्चा
७० वर्षभन्दा बढी उमेरका मानिस
बच्ने उपाय
खोक्दा वा हच्छ्युँ गर्दा मुख रुमालले छोप्ने ।
खाना खानुअघि साबुनपानीले हात धुने ।
मास्क लगाएर मात्र रोगीलाई भेट्ने ।
टन्न पानी पिउने ।
सरसफाइ गर्ने ।
भीडभाडमा नजाने ।
एजेन्सी