
आइतबार सम्पन्न आम निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३३ सिट जितेको छ । यस्तै कांग्रेसको १९ स्थानमा अग्रता रहेको छ । यस्तै एमालेले २१ स्थानमा जित हासिल गर्दै कांग्रेसलाई पछ्याइरहेको छ भने २८ स्थानमा अग्रता छ ।
यसैगरी माओवादीले ९, नेकपा एकीकृत समाजवादीले ८, घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ तथा अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले १६ स्थानमा जित हासिल गरेका छन् । हालसम्म माओवादीको ९, एकीकृत समाजवादीको २, राष्ट्रिय स्वतन्त्र पार्टीको एक तथा अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको ११ स्थानमा अग्रता छ ।
यस्तै प्रदेशसभातर्फ कांग्रेसले ५२, एमालेले ४०, माओवादीले २७, एकीकृत समाजवादीले ७ तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले ३८ सिटमा विजय हासिल गरेका छन् ।