
दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका आफ्ना प्रतिष्पर्धी मेटमणी चौधरीलाई एमालेकी नेतृ शान्ता चौधरीले बधाइ दिएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै मेटमणीलाई खादा लगाइदिँदै शान्ताले बधाइ दिएकी थिइन् । मत गणनास्थलमा सँगै बसेकी शान्ताले मेटमणीलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना पनि दिइन ।
दाङ १ बाट मेटमणीले २६ हजार ५६३ मत ल्याई विजयी भएका थिए । उनका निकटम प्रतिष्पर्धी एमालेकी शान्ताले २१ हजार ४७९ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाए भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत प्राप्त गरे ।