
दाङको ३ नम्बर निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् ।
उनी ३६ हजार ८४२ मत प्राप्त गरी विजयी भएका हुन् ।
गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार गिरीले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३०० प्राप्त गरे । दाङको ३ नम्बर निर्वाचन क्षेत्रमा कूल १ लाख ४६ हजार ४७५ मतदाता रहेकोमा ९० हजार १५० जनाले मतदान गरेका थिए ।