०४ साउन २०८३, सोमबार

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत विजयी

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत विजयी

सिन्धुपाल्चोकको २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।

बस्नेतले ११ हजार ८७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार ३६७ तथा एमालेका तामाङले २७ हजार ४९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोकको प्रदेशसभा क्षेत्र २(१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा क्षेत्र (२) मा माओवादी केन्द्रकै कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्