
कतारमा जारी विश्वकप फूटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी शुरूआत गरेको छ ।
ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।
पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गर्यो । खेलको ६३औं मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेको । उनले खेलको ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए ।
सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्यपि गोल भने हुन सकेन ।
समूह ‘जी’मा रहेको ब्राजिलले जीतसँगै ३ अंक जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।