०५ असार २०८३, शुक्रबार

भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट १ पुरुषको मृत्यु भएको छ ।

बिहीवार राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने ३८ वर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्