
महोत्तरीको ३ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई उछिन्दै जनता समाजवादी पार्टीका हरिनारायण यादवले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाको परिणाम अनुसार यादवले ५७३ मतको अग्रता लिएका छन् ।
यादवले १२ हजार ४११ मत ल्याउँदा ठाकुरले ११ हजार ८३८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार रामआधार कापरले १० हजार ५१ मत ल्याएका छन् ।