
बर्दिया–२ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतम निर्वाचित भएका छन ।
गौतमले संसदीय चुनावमा लगातार तेस्रो पटक जितेका छन् ।
गौतमले ३० हजार ६ सय ११ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी लक्ष्मणराज ज्ञवालीले २६ हजार ६ सय ९१ मत ल्याए ।
उनीहरूबीचको मतान्तर ४ हजार ५ सय ६ मत छ ।
गौतमले २०७० मा भएको दास्रो संविधानसभा निर्वाचनमा एमालेका पूर्ण शर्मालाई पराजित गरेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका थिए ।
अहिले भने गौतम सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए ।