२४ जेठ २०८३, आइतबार

मतगणनामा पछि परे गृहमन्त्री बालकृष्ण खाण

मतगणनामा पछि परे गृहमन्त्री बालकृष्ण खाण

रूपन्देही–३ मा गृहमन्त्री तथा कांग्रेस उम्मेदवार बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता दीपक बोहोराबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

सरूवातदेखि नै एकले अर्कोलाई पछ्याउँदै आएका खाँण र बोहोराबीच अहिले पनि यही क्रम चलिरहेको छ ।

पछिल्लो समय यी दुईबीच ४७६ मतको अन्तर छ । अहिले खाणलाई पछि पार्दै बोहोरा अघि बढेका छन । 

गृहमन्त्री खाणले २७ हजार १४६ मत प्राप्त गरेका छन । एमाले, राप्रपा र दीपक बोहोराले २७ हजार ६२२ मत प्राप्त गरेका छन ।

अहिले बोहोरा खाणभन्दा चार सय ७६ मतले अगाडि छन । बिहीबारसम्म अग्रता लिँदै आएका खाण प्रदेश– ३ (२) को मतगणना सुरू भएसँगै पछाडि परेका छन । 

खाणलाई गृह नगर तिलोत्तमा नगरपालिकाको १३ र १४ नम्बर वडाबाट कम मत परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्