२४ जेठ २०८३, आइतबार
आमचुनाव-२०७९

नवौं प्रतिस्पर्धामा शरतसिंह भण्डारीको सातौं जीत

नवौं प्रतिस्पर्धामा शरतसिंह भण्डारीको सातौं जीत

महोत्तरी–२ बाट चुनाव जितेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीको यो सातौं जीत हो ।

उनी अहिलेसम्म ९ पटक चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् । 

यस पटक महोत्तरी–२ बाट उम्मेदवार रहेका भण्डारी २५ हजार १९० मत ल्याएर निर्वाचित भएका छन् । उनी १४ हजार ७० मतको फराकिलो अन्तरले निर्वाचित भएका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का डा. विजय कुमार सिंहले ११ हजार १२० मत र नेकपा एमालेका डा. रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याएका छन् ।

भण्डारी २०३८ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । त्यसयता उनले २०४२, २०५१, २०५६, २०६४, २०७४ र २०७९ मा संसदीय निर्वाचनमा सहभागी भएर चुनाव जितेका थिए । उनले २०४८ साल र २०७० सालमा भने चुनाव हारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्