२२ जेठ २०८३, शुक्रबार

नेपाल लाइफद्वारा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्वारा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज मसान्तसम्ममा ५.०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरूलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए । 

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रूपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कम्पनीले बताएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।  सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएको छ । 

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्र्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । 

कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्र्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । 

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्