०५ साउन २०८३, मंगलबार

रुपन्देही– २ अपडेटः आयोगको निर्देशनपछि मत गणना पुन: शुरू

रुपन्देही– २ अपडेटः आयोगको निर्देशनपछि मत गणना पुन: शुरू

निर्वाचन आयोगको निर्देशनपछि रूपन्देही क्षेत्र नम्बर २ को मतगणना सुचारु भएको छ । मतगणनाका क्रममा विवाद भएपछि रोकिएको मतगणना कार्य शुक्रबार साँझ साढे ६ बजेबाट पुनः शुरू भएको हो । आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई मत गणना शुरू गर्न निर्देशन दिएको थियो । 

मुचुल्कामा भएकोभन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धन, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले रूपन्देही– २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए । उनीहरूको विरोधपछि शुक्रबार बिहानैबाट मत गणना कार्य स्थगित गरिएको थियो । 

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मानेर गणना सुचारू गर्न निर्वाचन अधिकृतको कार्यालयलाई शुक्रबार निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन कार्यालयले शुक्रवबार अपराह्न ४ः३० बजेबाट शुरु हुने भन्दै सूचना टाँस गरेको थियो । 

विवादको विषयमा जानकारी गराउँदै निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो । ‘मतपेटिकाभित्र भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारू गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ,’ आयोगका उपसचिव ऋषिराम भुसालले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै पठाएको पत्रमा उल्लेख गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्