१४ असार २०८३, आइतबार

आयोगले थाल्यो बाजुरा घटनाको अनुसन्धान

आयोगले थाल्यो बाजुरा घटनाको अनुसन्धान

राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ४ गतेको निर्वाचनको दिन बाजुरामा भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ ।  निर्वाचनको क्रममा दुईजना व्यक्तिहरूको मृत्यु भएको घटनामा अनुसन्धान शुरू गरिएको आयोगले  विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

सो घटनाको बारेमा स्थलगत छानविन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । 

आयोगले सो टोलीलाई आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्