२५ जेठ २०८३, सोमबार

नेपाली पात्रोमा नयाँ सुविधा : ‘अद्भूत रेडियो, रेडियो पनि अनलाइन समाचार पनि’

नेपाली पात्रोमा नयाँ सुविधा : ‘अद्भूत रेडियो, रेडियो पनि अनलाइन समाचार पनि’

दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’पछि ‘नेपाली पात्रो’ले ‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेको छ । नेपाली पात्रोले उक्त रेडियो आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरूमा सार्वजनिक गरेको हो ।

यो अपडेटले देशभित्र र बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरूलाई समेट्नुका साथै रेडियोमा केही अद्भूत एवं अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका नविन स्मार्ट सुविधा पनि समेटेको छ । 

‘हामीले हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई वहाँहरूका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर ‘अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेका छौँ । जसमा रेडियोका स्रोताहरूले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरू पनि देख्न सक्नुहुनेछ । ति समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरूमा सेयर गर्न पनि मिल्छ । सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम÷रेडियोहरूले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही रेडियोको पेजमा पढ्न सकिनेछ’, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले भने । 

उनले अगाडि भने, ‘यो अद्भूत किन छ भने यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरूमध्ये ताजा सूचना तथा समाचारहरू अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरू देख्न सक्नुहुनेछ ।’ 

रेडियो सुन्ने प्रयोगकर्ताहरूले नेपाली पात्रो लग–इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशनसमेत गर्न सक्ने देवकोटाले जानकारी दिए । उनका अनुसार त्यसरी सम्प्रेशन गरिएका विचारहरूमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया दिने सुविधा पनि रहेको छ । नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गर्दा वा अनइन्स्टल गरी इन्स्टल गर्दा भने लगइन नगरी फेब गरिएका रेडियो लिस्टहरू फेब सूचीमा नदेखिने उनले जानकारी दिए । 

‘यो अद्भूत अझै किन छ भने यो नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरू, प्रदेशअनुसारका रेडियोहरू, फ्रिक्वेन्सीसहितका रेडियोहरू र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरू पनि एप्लिकेशनको माथिल्लो ट्याबहरूमा समेटिएका छन्’, प्रमुख कार्यकारी निर्देशक देवकोटाले भने, ‘यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहीअनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाइएको छ ।’

अर्को दुईवटा अद्भूत सुविधा विश्वकप फुटबल सकिएलगत्तै सार्वजनिक गर्ने तयारी भइरहेको पनि देवकोटाले जानकारी दिए । ती दुवै सुविधा रेडियो स्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नविन हुने उनको दाबी छ । 

यस रेडियो अपडेटबाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रीसहितको सुविधा ‘आईएमई फुटबल २०२२’ पनि समावेश छ । त्यस्तै, ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

नेपाली पात्रोको बारेमा 

नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दू उत्सव÷पर्वहरू, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेण्डर हो । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साइत/मुहु्र्त घडी पलाहरूको सम्पूर्ण जानकारीहरू सजिलै वेबसाइट, आईफोन तथा एन्ड्रोइडमा उपलब्ध बेस्ट नेपाली पात्रो एपमार्फत विश्वको जुनसुकै कुनाबाट सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

नेपालको पहिलो कम्युनिटी मोबाइल एप्लिकेशन÷एप ‘नेपाली पात्रो’ प्रयोगकर्ताहरूका लागि दैनिक जीवनमा प्रयोग हुने विविध उपयोगी सामाग्री, टुल्स र सुविधाहरूले भरिएको छ । ‘नेपाली पात्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमै केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली/जन्मपत्री/जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरूको उपयोग गरिएको मोबाइल एप्लिकेशन) बनाउन सक्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्