माघ १५, २०७९
शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात ...
काठमाडाैं | मंसिर ९, २०७९
दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’पछि ‘नेपाली पात्रो’ले ‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेको छ । नेपाली पात्रोले उक्त रेडियो आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरूमा सार्वजनिक गरेको हो ।
यो अपडेटले देशभित्र र बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरूलाई समेट्नुका साथै रेडियोमा केही अद्भूत एवं अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका नविन स्मार्ट सुविधा पनि समेटेको छ ।
‘हामीले हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई वहाँहरूका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर ‘अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेका छौँ । जसमा रेडियोका स्रोताहरूले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरू पनि देख्न सक्नुहुनेछ । ति समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरूमा सेयर गर्न पनि मिल्छ । सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम÷रेडियोहरूले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही रेडियोको पेजमा पढ्न सकिनेछ’, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले भने ।
उनले अगाडि भने, ‘यो अद्भूत किन छ भने यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरूमध्ये ताजा सूचना तथा समाचारहरू अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरू देख्न सक्नुहुनेछ ।’
रेडियो सुन्ने प्रयोगकर्ताहरूले नेपाली पात्रो लग–इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशनसमेत गर्न सक्ने देवकोटाले जानकारी दिए । उनका अनुसार त्यसरी सम्प्रेशन गरिएका विचारहरूमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया दिने सुविधा पनि रहेको छ । नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गर्दा वा अनइन्स्टल गरी इन्स्टल गर्दा भने लगइन नगरी फेब गरिएका रेडियो लिस्टहरू फेब सूचीमा नदेखिने उनले जानकारी दिए ।
‘यो अद्भूत अझै किन छ भने यो नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरू, प्रदेशअनुसारका रेडियोहरू, फ्रिक्वेन्सीसहितका रेडियोहरू र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरू पनि एप्लिकेशनको माथिल्लो ट्याबहरूमा समेटिएका छन्’, प्रमुख कार्यकारी निर्देशक देवकोटाले भने, ‘यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहीअनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाइएको छ ।’
अर्को दुईवटा अद्भूत सुविधा विश्वकप फुटबल सकिएलगत्तै सार्वजनिक गर्ने तयारी भइरहेको पनि देवकोटाले जानकारी दिए । ती दुवै सुविधा रेडियो स्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नविन हुने उनको दाबी छ ।
यस रेडियो अपडेटबाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रीसहितको सुविधा ‘आईएमई फुटबल २०२२’ पनि समावेश छ । त्यस्तै, ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।
नेपाली पात्रोको बारेमा
नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दू उत्सव÷पर्वहरू, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेण्डर हो । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साइत/मुहु्र्त घडी पलाहरूको सम्पूर्ण जानकारीहरू सजिलै वेबसाइट, आईफोन तथा एन्ड्रोइडमा उपलब्ध बेस्ट नेपाली पात्रो एपमार्फत विश्वको जुनसुकै कुनाबाट सजिलैसँग प्राप्त गर्न सकिन्छ ।
नेपालको पहिलो कम्युनिटी मोबाइल एप्लिकेशन÷एप ‘नेपाली पात्रो’ प्रयोगकर्ताहरूका लागि दैनिक जीवनमा प्रयोग हुने विविध उपयोगी सामाग्री, टुल्स र सुविधाहरूले भरिएको छ । ‘नेपाली पात्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमै केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली/जन्मपत्री/जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरूको उपयोग गरिएको मोबाइल एप्लिकेशन) बनाउन सक्ने बताइएको छ ।
शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमा...
कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधा...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनिमा अपवित्र काम किन ? भन्ने प्रश्न गरेका छन्। आज मन्त्रलयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाइ राख्दै मन्त्री किरातील...
संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी रा...
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आएकी छन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूतावासल...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...