राप्रपाले बागमती प्रदेशसभाका लागि काठमाडौंबाट सर्वाधिक मत पाएको छ । राप्रपाले अन्य पार्टीलाई पछि पार्दै काठमाडौंबाट सबैभन्दा धेरै मत पाएको हो । मतगणनाको पछिल्लो विवरणअनुसार राप्रपाले ७२ हजा। ४३९ मत पाएको छ ।
राप्रपापछि एमालेले ६७ हजार ६८२ मत पाउँदा कांग्रेसले ६४ हजार ३३४ मत पाएको छ । यसैगरी हाम्रो नेपाली पार्टीले २० हजार ९५०, माओवादी केन्द्रले १६ हजार ४६६ र नेकपा एकीकृत समाजवादी पार्टीले ११ हजार ८९९ मत पाएको छ । यस्तै नेमकिपाले ९ हजार १२२ मत पाएको छ ।