
प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षतर्फ ४ सिट जितेको छ । शुक्रबार रातिसम्मको मतपरिणामअनुसार महोत्तरी २ बाट शरतसिंह भण्डारी, महोत्तरी ३ बाट महन्थ ठाकुर, सर्लाही १ बाट रामप्रकाश चौधरी र रुपन्देही ४ बाट सर्वेन्द्र नाथ शुक्ला विजयी भएका हुन् ।
लोसपाले सत्ता गठबन्धनसँगको तालमेलमा ९ सिटमा उम्मेदवारी दिएको थियो भने ४१ क्षेत्रमा एकल उम्मेदवारी पनि दिएको थियो ।