
नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका बद्री मैनालीलाई हराएका हुन् । तामाङले २६ हजार ५४८ मत पाए भने मैनालीले २३ हजार ४६३ मत पाए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युन्त महत क्षेत्रीले भने ६ हजार ११३ मत प्राप्त गरे । यस्तै नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् ।