३२ असार २०८३, बिहीबार

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

कात्तिक २०, २०७४
तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

 


दमौली, २७, साउन - मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ । 

खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिनुभयो । 

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताउनुयो । सो हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्