
बाराको २ नम्बर निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको मतपरिणाम अनुसार यादवले १३ हजार ८२२ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका छन् । उनीहरूबीच ३५४ मतान्तर रहेको छ ।
खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भएका छन् । बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुशासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए ।