×

NMB BANK
NIC ASIA

सन्दर्भ : चुनावी नतिजा

चुनावी हारपछि उपेन्द्रसँग अन्तर्वार्ता : कहाँ बिग्रियो हिसाब, अबको सहकार्य कोसँग ?

'जनताले क्रान्तिकारी उपेन्द्र यादव चाहे, एजेन्डा मिल्नेसँग सहकार्य हुन्छ'

मंसिर १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अब मधेशको मुद्दा तथा शोषित/पीडितको मुक्तिका लागि संघर्ष गर्ने बताएका छन्  ।

Muktinath Bank

१५ वर्षअघिको 'क्रान्तिकारी' उपेन्द्र यादवलाई फेरि पनि जनताले सोही भूमिकामा देख्न चाहेको उनको प्रतिक्रिया छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको चुनावमा सप्तरी- २ बाट चुनाव जित्न सफल भए पनि यसपटकको चुनावमा उनी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँग फराकिलो मतान्तरले पराजित भए  ।


Advertisment
Nabil box
Kumari

उपेन्द्रको पराजयसँगै जसपाको शक्ति पनि क्षयीकरण भएको छ  । लामो समय सत्ता गठबन्धनमा रहे पनि अन्तिम समयमा नेकपा एमालेसँग तालमेल गरी चुनावमा होमिएका उपेन्द्रलाई उक्त सहकार्य फापेन ।

Vianet communication
Laxmi Bank

तालमेलले जसपालाई घाटा भए पनि एमालेले भरपूर लाभ लिएको छ  ।

चुनावी नतिजा अन्तिम चरणमा रहेका बेला उपेन्द्रसँग लोकान्तरका लागि अजयअनुरागीले कुराकानी गरेका छन्  ।

प्रस्तुत छ, चुनावी समीक्षा, भावी सत्ता समीकरणलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

विभिन्न ६ क्षेत्रबाट सिफारिशमा परे पनि सुरक्षित ठानेर रोजेको क्षेत्रबाट पराजित हुनुभयो  । यस्तो नतिजा कसरी आयो ?

– मसँग पैसा थिएन, जनताले भोट दिएनन् । हारको मुख्य कारण नै यही हो । जनताले मलाई भोट दिएनन्, म हारें । त्यसमा कुन ठूलो कुरा भयो । मसँग चुनावमा खर्च गर्नका लागि पैसा नै थिएन । जनताले कम भोट दिए । त्यसकारण हारें । अरूलाई मैले किन दोष दिने ?

चुनावी नतिजापछि तपाईंले बाह्य चलखेलको प्रसंग पनि उठाउनुभएको थियो । के संकेत गर्न खोज्नुभएको हो? अलि प्रस्ट्याइदिनुहोस् न ।

– त्यो त तपाईं पत्रकारहरूले पनि खोज्ने विषय हो नि ! बाहिर त्यो कुराको व्यापक चर्चा छ । अब पत्रकारहरूले पनि त्यसको खोज समाचार गर्नुपर्‍यो । मैले अहिले केही बोलें भने पनि मान्छेले हार्‍यो र बहाना बनायो भन्लान् ।

तपाईं आफैं पनि राष्ट्रिय नेता हो । तपाईंले यसै त बोल्नुभएन होला, केही तथ्य वा सूचना त होला नि !

– त्यसैले त मैले संकेत गरेको हो । अब तपाईंहरूले त्यसको खोजी गर्नुहोस् । सत्य तथ्य के हो, त्यो बाहिर ल्याउनुहोस्  । तपाईं आफैं पनि खोज पत्रकार हो, खोजी गर्नुहोस् ।

तपाईं आफैं संसदीय दलको नेता हुँदा पनि पार्टी पटक-पटक विभाजित भयो । अब त तपाईं संसदमा हुनुहुन्न, जसपालाई थप संकट पर्ने सोच्नुभएको छैन ?

– हिन्दीमा एउटा क्रान्तिकारी गीत छ– 'शर कटाते भी चलो, आगे बढ्ते भी चलो । शर भी बहुत हैं, बाजुवें भी बहुत हैं । और मञ्जिले भी करीब है ।' हामी त्यही 'फर्मुला'मा काम गर्छौं । त्यसैले आगामी दिनमा जे पनि संकट आउँछ, त्यसको सामना गर्दै अघि बढ्दै जानेछौं ।

विगतमा जति पनि पार्टी फुटाए, तोडे, बर्बाद गरे, तहसनहस गरे, तैपनि हामीहरू बिचलित भएनौं । जे लक्ष्य थियो मधेश प्रदेश बनाउने, आखिर हामीले बनाएरै छाडयौं । हाम्रो पार्टीलाई पटक–पटक फुटाउनुका पछाडि त्यही लक्ष्य प्राप्ति नहोस् भन्ने उद्देश्य नै त थियो नि ! तर हामीले मधेश प्रदेश बनाइछाड्यौं ।

यो चुनावबाट केही नयाँ फोर्स जन्मिए, केही पुरानाले कमब्याक गरे, उनीहरूले संघीयता काम छैन भनिरहेका छन् । संघीयतामाथि संकट बढेका बेला तपाईं आफैं संसदबाहिर हुनुहुने भयो नि !

– नेपालमा भएको अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास त सधैँ भइरहेको छ । त्यो हमेसा हुँदै आएको पनि हो ।

आगामी दिनमा झन् थप सक्रियतापूर्वक त्यो प्रयास हुनसक्छ । त्यसका लागि सबैजना सचेत हुनु जरुरी छ ।

त्यसका लागि तपाईंको भूमिका के हुन्छ ?

– हामी जहाँ भए पनि संघीयताका लागि लोकतन्त्रका लागि, गणतन्त्रका लागि, समावेशिताका लागि, शोषितपीडित जनताको मुक्तिका लागि हमेसा संघर्ष गर्नेछौं । चाहे सडकमा रहौं वा सदनमा, चाहे सरकारमा रहौं वा बाहिर, संघर्ष जारी नै रहन्छ । हामीले आउने दिनमा जे गर्नेछौं, त्यो सबै त्यही लक्ष्य प्राप्तिका लागि गर्नेछौं । अन्य कुरा गौण हुन्  ।

जसपासँग तालमेल हुँदा मधेशमा एमालेले भरपूर लाभ उठायो । तर, जसपालाई धेरै ठूलो क्षति भएको छ । एमालेसँगको तालमेल नाफापेकै हो ?

– एमाले र जसपाबीच गठबन्धन बनेको थिएन, मात्र केही सीटहरूमा चुनावी तालमेल भएको थियो । यो निर्वाचनमा जनताले आफ्नो म्यान्डेट दिएका छन् ।

जनताको म्यान्डेटलाई अस्वीकार गर्न सकिन्न, त्यसलाई हामीले सम्मान नै गर्छौं । अब एमालेसँग तालमेल गर्दा हामीले केही सीट एमालेलाई छाडेका थियौं, केही सीट एमालेले हामीलाई छोडेको थियो । त्यसमा एमालेले गडबड गर्‍यो भन्नुको कुनै अर्थ छैन । त्यसले कुनै मायने राख्दैन ।

एमालेसँग गठबन्धन नै थिएन भन्नुभयो, संसदमा अबको सहकार्य कोसँग गर्ने हो ?

–  हामी मिसन लिएर हिँडेका छौं । चुनाव हाम्रा लागि सामान्य कुरा हो । हामी शोषितपीडित जनता, मधेशी, आदिवासी जनजातिको मुक्तिका लागि जे लडाईं लडिरहेका छौं, त्यो लडाईंमा त निर्वाचन एक सामान्य प्रक्रिया मात्र हो । अब त्यो लडाईं निरन्तर अघि बढ्छ । त्यो लडाईंमा सहयोगी को हुने हो र विरोधी को हुने हो, त्यसपछि तय हुन्छ ।

हामी सरकारमा रहे वा नरहे, संसदमा रहे वा नरहे, सडकमा रहे वा नरहे हमेसा मिसन प्राप्तिका लागि काम गर्दै आएका छौं । हाम्रो लागि मिसन नै सबैभन्दा बढी महत्त्वपूर्ण कुरा हो । त्यो मिसनमा को नजिक हुने, को टाढा हुने, त्यसैबाट नाप्नेछौं । आगामी दिनमा जोसँग सहकार्य भए पनि मिसन प्राप्तिकै लागि सहकार्य हुने हो । हाम्रो मिसनमा जसले सहयोग गर्छ, त्योसँग मात्र सहकार्य हुनसक्छ ।

सबैखाले विकल्पमा तयार छौं भन्न खोज्नुभएको हो ?

– त्यस विषयमा अहिले नै भन्नु हतारो हुन्छ । पहिले निर्वाचनको परिणाम आओस्, त्यसपछि कसको आवश्यकता कसलाई पर्ने हो भन्ने कुरा आउँछ  । हुन सक्छ, हाम्रो आवश्यकता नै कसैलाई नपर्न सक्छ । कसैका लागि हामी उपयोगी नै नहुन पनि सक्छौं । त्यसैले त्यो सबै पछिको कुरा हो ।

तर, हाम्रो सोच हमेसा रचनात्मक नै हुन्छ । चुनावको परिणाम आइसकेपछि त्यस विषयमा कुरा हुन्छ । सम्पूर्ण चुनावको परिणाम आओस्, त्यसपछि अन्य कुरा सोच्न सकिन्छ ।

१५ वर्षदेखिको त्यो रापताप र आजको पराजय, आफैंले फर्केर कसरी समीक्षा गर्नुहुन्छ ?

– हुनसक्छ, जनताले उपेन्द्रलाई त्यही क्रान्तिकारी स्वरूपमा देख्न चाहे । 'रिभोलुसनरी' उपेन्द्र यादवलाई नै जनताले मन पराए । उपेन्द्रलाई सडकमा राख्दा नै जनता, मधेश र देशको हित हुन्छ, परिवर्तन आउँछ भन्ने सोचेको हुनुपर्छ । उपेन्द्र यादवलाई संसदमा पठाउँदा त्यति चेञ्ज आउँदैन भन्ने सोचेको हुनुपर्छ ।

मोरङ, सुनसरी हुँदै सप्तरी आउनुभएको छ । गत चुनावमा सप्तरी- २ बाट चुनाव जित्नुभएको थियो, योपटक हार्नुभयो । अब आगामी चुनावमा सप्तरी- २ छाड्नुहुन्छ ?

– अब सप्तरी- २ छाड्ने कुरा हुँदैन । यो नै मेरो जन्मस्थान हो । राजनीतिक क्षेत्र पनि यही नै हो  । अबको पाँच वर्ष बढीजसो सप्तरी- २ मै केन्द्रित भएर सबै संघर्षको तयारी गर्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x