११ साउन २०८३, सोमबार
भारतकाे चासाे

प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच भेटवार्ता, नयाँ सरकारबारे भारतको चासो

मंसिर १०, २०७९
प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच भेटवार्ता, नयाँ सरकारबारे भारतको चासो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री देउवा र राजदूतका बीचमा भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले बताए । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको बेलामा भारतीय राजदूतले प्रधानमन्त्री देउवालाई भेटको हुन् । 

निर्वाचनपछि बन्ने सकारको विषयमा सर्वत्र चासो बढिरहेको बेला उनीहरुको भेट भएको हो । 

भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेको बताइएको छ । 

‘उहाँहरुबीचमा वान टु वान वार्ता भएको हो । के विषयमा कुराकानी भयो भन्ने जानकारी छैन’, सुवेदीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्