०५ साउन २०८३, मंगलबार

केही पार्टीको मत वृद्धि अस्वाभाविक देखियोः ओली

मंसिर १०, २०७९
केही पार्टीको मत वृद्धि अस्वाभाविक देखियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भएको हुनसक्ने भन्दै चनाखो बन्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मतवृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ’, ओलीको भनाइ छ, ‘ जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

समानुपातिक मतगणनामा नेकपा एकीकृत समाजवादीको मतवृद्धि भएको ओलीको संकेत छ । ओलीले निर्वाचन अघि एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्ने ठोकुवा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्