अर्थविद् स्वर्णीम वाग्लेले कांग्रेसका दुई नेता गगन थापा र प्रदीप पौडेल मिल्नुपर्नेमा जोड दिएका छन् । उनले दुवै उम्मेदवारलाई निर्वाचन जिताउन आफू लागि परेको र सोही अनुसारको नतिजा आएको भन्दै अब उनीहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘यसपटक काठमाडौँमा गगन थापा (४) र प्रदीप पौडेल (५) दुबै जिताउन मिहेनत गरियो। मिलेर काम गरुन् भन्ने उत्कट कामना छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । चुनावी अभियानका क्रममा निकै रमाइलो भएको पनि उनको भनाइ छ । वाग्लेले मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट टिकटको आकांक्षा राखेका थिए । तर, सभापति शेरबहादुर देउवाको अनिच्छाले उनले टिकट नपाएको बताइन्छ ।