
ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ ।
मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ ।
यसैबीच, ताइवानकी नेतृ त्साईले आफ्नो दलले स्थानीय निर्वाचनमा पराजय भोगेपछि सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
उनले भनिन्, “निर्वाचनको परिणाम सोचेजस्तो आएन । मैले सबै जिम्मेवारी वहन गर्नुपर्छ र म तुरुन्तै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को अध्यक्ष पदबाट राजीनामा दिएकी छु ।”
त्साईले स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजिनामा दिएकी हुन् ।
त्साईको डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ ।