१२ असार २०८३, शुक्रबार

चिकित्सा शिक्षा विधेयक समितिबाट पारित

कात्तिक २०, २०७४
चिकित्सा शिक्षा विधेयक समितिबाट पारित
काठमाडौँ, २८ साउन - स्वास्थ्य क्षेत्रको सुधारको मागसहित अनशनरत डा. गोविन्द केसीको मागलाई समेत सम्बोधन गर्दै व्यवस्थापिका संसद्को महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गरेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले पारित गरेको यो विधेयक अब संसद्मा पेस हुनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले आवश्यकताअनुसार मापदण्ड पूरा गरेमा सम्बन्धन लिन बाधा पर्नेछैन भन्ने विषय थप गरेर विधेयक पारित गरिएको जानकारी दिइन् । यो व्यवस्थासँगै डा. केसीको मागको मूल मर्म सम्बोधन भएको दाबी उनले दाबी गरिन् ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले पूर्वाधार पूरा गरेका मेडिकल कलेजको हकमा उक्त विधेयक लागू हुने जानकारी दिए ।
डा. केसीको अनशन लम्बिँदै जाँदा र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्वस्वास्थ्यमन्त्री गगन थापासहित माथेमा आयोगका प्रतिनिधिको बिहीबार रातिदेखि बढेको सक्रियताले मध्यमार्गी विकल्प रोजेर विधेयक पारित गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्