×

NMB BANK
NIC ASIA

कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

मंसिर ११, २०७९

NTC
Premier Steels

विसं २०७४ को प्रदेश सभा निर्वाचनमा बहुमत पुर्‍याउन एक सिट कम भएको सत्ता गठबन्धनले भर्खरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।  

Muktinath Bank

एमाले कर्णाली प्रदेश सभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं २ (२) र सुर्खेत क्षेत्र नं २ (१) मा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचन जितेका सुर्खेत क्षेत्र नं २ (१) का यामलाल कँडेल र क्षेत्र नं २ (२) का विन्दमान विष्ट, डोल्पा (२) का वीरबहादुर शाही र हुम्ला (२) जीवनबहादुर शाही यसपटक पुनः दोहोरिएका छन् । शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सभाको २४ सिटमध्ये चारमा पुनः दोहोरिएका छन् । १८ नयाँ अनुहारले प्रदेश सभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेश सभा सदस्यले प्रतिनिधि सभाको समेत अनुभव लिइसकेका छन् । कर्णाली प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली कांग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कांगे्रस र माओवादी केन्द्रले नौ÷नौ तथा एकीकृत समाजवादीले दुवै सिट गुमाएको छ । 


Advertisment
Nabil box
Kumari

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश सभा (२)बाट कांग्रेस तथा हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भए । मुगु प्रदेश सभा (१) मा एमालेका जीतबहादुर मल्ल र प्रदेश (२) मा माओवादी केन्द्रका मंगलबहादुर शाही निर्वाचित भए । 

Vianet communication

यस्तै, जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी भए । डोल्पा प्रदेश सभा (१) मा एमालेका शेरबहादुर बुढा र डोल्पा (२) मा एमालेका धनचन्द्र वैजी विजय भए । 

त्यस्तै, कालीकोट प्रदेश सभा (१) मा माओवादी केन्द्रका दुर्गाबहादुर रावत र प्रदेश सभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए । दैलेख क्षेत्र नं १ (१) र (२) मा कांग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी विजयी भए । दैलेख क्षेत्र नं २ (१) मा कांग्रेसका घनश्याम भण्डारी र (२) मा एमालेका विनोदकुमार शाह विजयी भए । 

यसैगरी सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेसका खड्ग पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भए । सुर्खेत क्षेत्र नं २ (१) मा एमालेका यामलाल कँडेल र प्रदेश (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भए । 

यस्तै सल्यान प्रदेश सभा (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए । रुकुम–पश्चिम प्रदेश सभा (१) र (२) मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा निर्वाचित भए । जाजरकोट प्रदेश सभा (१) र (२) मा कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित भए । प्रदेश सभा सदस्य ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी र कुर्मराज शाही यस पटक पराजित भए ।​

कर्णालीका नवप्रवेशी प्रदेशसभा सदस्यहरू

सुर्खेत क्षेत्र नं १ (१) बाट कांग्रेसका खड्ग पोखरेल र  १(२) बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान (१) बाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) बाट कांग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम (१) र (२) बाट क्रमशः माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट (१) र (२) बाट कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह पहिलो पटक कर्णाली प्रदेश सभामा प्रवेश गर्दैछन् ।

त्यस्तै, डोल्पा प्रदेश (१) बाट एमालेका शेरबहादुर बुढा, जुम्ला (१) बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र (२) बाट एमालेका टेकराज पछाई, मुगु (१) बाट एमालेका जीतबहादुर मल्ल र (२) बाट माओवादी केन्द्रका मंगलबहादुर शाही, हुम्ला (१)बाट माओवादी केन्द्रका रनसिंह परियार तथा कालीकोट (२) बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा प्रवेश गर्दै छन् । 

कालीकोट (१) का दुर्गबहादुर रावत यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । दैलेख क्षेत्र नं १ (१) र (२) का क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी, क्षेत्र नं २ प्रदेश (१) बाट घनश्याम भण्डारी पनि प्रदेश सभामा प्रवेश गर्ने नयाँ अनुहार हुन् । प्रदेश सभा (२) बाट निर्वाचित एमालेका विनोदकुमार शाह २०५१ सालमा नेमकिपाबाट दैलेख क्षेत्र नं २ बाट प्रनिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x