०२ असार २०८३, मंगलबार

पूर्वाधार विकास बैंक स्थापना गर्न बाटो खुल्यो, कसरी गर्ने आवेदन

कात्तिक २०, २०७४
पूर्वाधार विकास बैंक स्थापना गर्न बाटो खुल्यो, कसरी गर्ने आवेदन
काठमाडौँ, २८ साउन- नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापना गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै पूर्वाधार विकास बैंकको अनुमति खुलाएको हो, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।Nepal-Rastra-Bank (1)
अब राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरेर लगानीकर्ताले पूर्वाधार विकास बैंक स्थापनाका लागि आवेदन दिन सक्नेछन् । मन्त्रिपरिषद्ले गत फागुनमा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक इजाजत, नियमन र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा गरेको थियो ।
कसरी गर्ने आवेदन
पूर्वाधार विकास बैंकमा संस्थापक बन्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले सबैभन्दा पहिला प्रचलित कानुनबमोजिम पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता गराउनुपर्ने हुन्छ । त्यसपछि बैंक दर्ता गर्न निवेदन दिनुअघि सम्बन्धित व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित प्रस्तावित चुक्ता पुँजीको ०.००५ प्रतिशतले हुने रकम वा १५ लाखमध्ये जुन कम हुन्छ, सोबराबर दस्तुर राष्ट्र बैंकको खातामा बुझाउनुपर्ने हुन्छ । त्यसपछि रकम बुझाएको भौचरसहित सैद्धान्तिक सहमतिका लागि निवेदन दिनुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्