२७ जेठ २०८३, बुधबार

आयोगको खोटाङ कार्यालय बन्द नगर्न आग्रह

मंसिर ११, २०७९
आयोगको खोटाङ कार्यालय बन्द नगर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई खोटाङमा रहेको आयोगको कार्यालय बन्द नगर्न आग्रह गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईसहितको समूहले आइतवार आयोगको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष मगरलाई उक्त स्थानको कार्यालय नहटाउन आग्रह गरेको हो ।

आयोगका अध्यक्ष मगरले उक्त स्थानमा कार्यालय हटाउने विषयमा आयोगले नसोचेको र त्यहाँ कार्यालय जरुरी भएको विषयमा स्थानीयले नै ध्यानाकर्षण गराउँदा आफूलाई खुसी लागेको बताए । 

खोटाङमा रहेको उपक्षेत्रीय कार्यालय हटाउने आयोगको आन्तरिक तयारी रहेको थाहा पाएपछि ध्यानाकर्षण गराइएको सो क्षेत्रका नगरप्रमुख भट्टराईले बताए । कार्यालयको आफ्नै जमिन रहेको छ भने उक्त कार्यालयको कार्यक्षेत्र खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्