२२ जेठ २०८३, शुक्रबार

देशभर छैन उल्लेखनीय मौसमी प्रणाली

मंसिर १२, २०७९
देशभर छैन उल्लेखनीय मौसमी प्रणाली

हाल देशभर उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान उच्च पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहेको छ। 

दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी  भूभागका थोरै स्थानमा आंशिक बदली रहने छ । तर, बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । 
यस्तै राति  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी  भूभागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी  भूभागमा मौसम सामान्यतः सफा रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्