०५ साउन २०८३, मंगलबार

स्पेन र जर्मनीको खेल बराबरी

मंसिर १२, २०७९
स्पेन र जर्मनीको खेल बराबरी
प्रतिकात्मक तस्वीर

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बेयत रंगशालामा सोमवार बिहान सम्पन्न खेलमा  स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३औं मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’बाट दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले २ खेलमा ४ अंक जोडेको छ भने जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्