
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ काठमाडौं जिल्लाबाट मात्रै एक लाख भन्दा बढी मत पाएको छ । सो पार्टीले सोमबार बिहानसम्म १ लाख ३ हजार ५४० मत पाएको हो ।
जवकी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८३ हजार ६७१ मत पाएको छ भने एमालेले ८० हजार ९३० मत पाएको छ ।
यस्तै चौथो नम्बरमा राप्रपाले ६३ हजार मत पाएको छ । तर, हालसम्म प्राप्त मतको आधारमा बागमती प्रदेशसभातर्फ राप्रपाले सबैभन्दा धेरै मत पाएको निर्वाचन आयोगले जनाएको छ ।