×

NMB BANK
NIC ASIA

पोखरामा ग्राउण्ड ह्याण्डलिङ गर्ने बुद्ध एयरको प्रस्ताव

मंसिर १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानमा ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले निवेदन दिएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १, २०२३ बाट शुरु हुने गरी बुद्धले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको र निवेदन दर्ता गरेको विज्ञप्ति जारी गर्दै जनाएको हो । 

Muktinath Bank

धेरै वर्षको मिहिनेत र खर्चपछि पोखरा विमानस्थल तयार भएको जनाउँदै बुद्ध एयरले यस विमानस्थलको भरपूर उपयोग गर्नुपर्नेमा जाेड दिएकाे छ । विमानस्थलमार्फत धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं वाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउने बाटो खुलेको बुद्ध एयरले बताएको छ । विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जीवनस्तर उकास्न पोखरा विमानस्थलले विशेष भूमिका खेल्ने बुद्ध एयरले विश्वास व्यक्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको शुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् । अन्तर्राष्‍ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्ने छन् । यसैगरी बुद्ध एयरले सम्बन्धित निकायमा साताको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको जनाएकोे छ ।


Advertisment
Nabil box
Kumari

पोखराबाट जेट विमानहरूले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरू, कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा बुद्ध एयरका प्राविधिक टिमले अध्ययन गरिरहेको  छ । निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

पोखरा विमानस्थल निर्माण गर्न धेरै खर्चमा लागेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने भएकाले ग्राउण्ड ह्याण्डलिङ व्यवस्था एकीकृत हुन जरुरी रहेको बुद्ध एयरको ठहर छ । हाल बुद्ध एयरले देशैभरि उसको गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ । बुद्ध एयरले आफूसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको दाबी गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x