१२ साउन २०८३, मंगलबार

विष्णु पौडेल र खिमलालसँग बीचमा बसेर रामकुमारीले लेखिन– तस्वीरमा सन्देश छ !

मंसिर १२, २०७९
विष्णु पौडेल र खिमलालसँग बीचमा बसेर रामकुमारीले लेखिन– तस्वीरमा सन्देश छ !

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र केन्द्रीय पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईसँगको तस्वीर फेसबुकमा शेयर गर्दै लेखेकी छन्, ‘तस्वीरमा सन्देश छ ।’

उनीहरूको भेट सोमबार काठमाडौं फर्कनेक्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । 

भेटको क्रममा खिचिएको तस्वीर रामकुमारीले फेसबुकमा शेयर गरेकी छन् । 

मौसम खराबीका कारण विमान उड्न ढिलो भएको मौकामा उनीहरूले तस्वीर खिचाएका थिए ।

पौडेल रूपन्देही–२ बाट चुनाव जितेर र रामकुमारी गुल्मी–२ बाट चुनाव हारेर काठमाडौं फर्कन लागेका हुन् । 

निर्वाचनको नतिजा आउनेक्रम अन्तिमतिर पुगेको बेला वामपन्थी दलहरुबीचको सहकार्यको हावा चल्न थालेको छ । 

यही बेला रामकुमारीले ‘तस्वीरमा सन्देश छ’ भन्दै एमाले नेताहरूसँगको तस्वीर सार्वजनिक गर्नुलाई अर्थपूर्णरूपमा लिनुपर्ने हुन्छ ।

एकीकृत समाजवादी एमालेबाट छुट्टिएर बनेको दल हो । रामकुमारी एमालेकै नेता गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्