बलिउड अभिनेत्री ईशा गुप्ताले सोमवार ३६औं जन्मदिन मनाइरहेकी छन् ।
ईशा आफ्नो बोल्डनेस तथा ग्ल्यामरका लागि प्रख्यात छिन् । उनी फिल्ममा मात्र नभई आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पनि निकै बोल्ड छिन् ।
उनले कम्मरमाथि केही पनि लुगा नलगाइकन खिचेको फोटो भाइरल भएको थियो । टपलेस भएर बाल्कोनीमा उनले पोज दिएकी थिइन् ।
बोल्ड सीन गर्न अनि अर्धनग्न भएर तस्वीर खिचाउन आफूलाई संकोच नलाग्ने उनी बताउँछिन् ।