
युक्रेनका परराष्ट्रमन्त्रीले आफ्नो देशलाई केही मुलुकहरूले गोप्य रूपमा सैन्य सहायता उपलब्ध गराइरहेको दाबी गरेका छन् ।
सार्वजनिक रूपमा सैन्य सहायता नदिएको भने पनि उनीहरूले भित्रभित्रै सहयोग गरिरहेको उनी बताउँछन् ।
तेस्रो पक्षमार्फत गोप्य सहायता आपूर्ति गर्ने गरिएको उनको भनाइ छ ।
फ्रान्सको ल पारिसिएँ पत्रिकासँग कुरा गर्दै कुलेबाले भने, ‘यी मुलुकहरूले सार्वजनिक रूपमा त केही पनि आपूर्ति नगरेको बताउने गरेका छन् तर पर्दापछाडि सबै कुरा भइरहेको छ ।’
रुसविरुद्धको लडाइँमा युक्रेनलाई कुन मुलुकले गोप्य रूपमा सहयोग गरिरहेको भनी कुलेबाले नाम खुलाएनन् ।