माघ १६, २०७९
सूचनाको हकलाई नै निष्प्रभावी बनाउने गरी गरिएको सूचना वर्गीकरणसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाहरूसँग सोमवार भएको छलफलमा वर्गीकरण हाललाई स्थगित...
काठमाडाैं | मंसिर १२, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन हारेको पीडा भुलाउन मंगलवार कतार जाने भएका छन् । मन्त्री श्रेष्ठ निगमको खर्चमा विश्वकप हेर्न कतार जान लागेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग चुनाव हारेका मात्रै हैनन्, प्रतिस्पर्धामै तेस्रो भए ।
विराजभक्त १० हजार ११२ मत ल्याएर विजयी हुँदा पर्यटन मन्त्री श्रेष्ठ ५ हजार २३१ मतले पछि पर्दै तेस्रो स्थानमा खुम्चिए । उनले ४ हजार ८८१ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ मत पाए ।
चुनाव हारेका मन्त्री निर्धक्कले पदमा भने बसिरहेका छन् । चुनाव हारेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठे पनि उनी निर्धक्कसँग विदेश उड्न लागेका हुन् । बहालवाला मन्त्रीले चुनाव हारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो । तर, श्रेष्ठसहित चुनाव हारेका अन्य मन्त्रीहरू पनि निर्धक्कसँग मन्त्रालय गइरहेका छन् ।
मन्त्री श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष हुन् । उनी ओलम्पिक कमिटीबाटै प्रतिनिधित्व गरेर कतारमा भइरहेको फूटबल विश्वकप हेर्न जान लागेको भए पनि खर्च भने सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट गराउँदै छन् ।
वायुसेवा निगम स्रोतले दिएको जानकारी अनुसार मन्त्री श्रेष्ठ वायुसेवा निगमको व्यवस्थापकीय पक्षको अनुगमन तथा भ्रमणका नाममा निगमकै खर्चमा कतार जान लागेको हुन् । श्रेष्ठले निगमको काठमाडौं दोहा उडानका लागि मंगलवार साँझको टिकट लिइसकेका छन् ।
निगमका अनुसार मंगलवार साँझ आरए काठमाडौं–दोहा उडान नम्बर २३९ बाट उनी कतार जाँदै छन् । श्रेष्ठ निगमकै उडानबाट बिहीवार काठमाडौं फर्कने छन् ।
मन्त्री श्रेष्ठले निगमको व्यवस्थापकीय पक्षको अध्ययन र भ्रमणको सिलसिलामा कतार जानका लागि भनेर टिकट मिलाउन निर्देशन दिएको निगम स्रोतको दाबी छ । सोही निर्देशनका आधारमा मन्त्री श्रेष्ठका लागि टिकट व्यवस्था गरेको निगमकै एक उच्च कर्मचारीले लोकान्तरलाई बताए ।
निगमकै तालुक निकायको मन्त्री भएकाले प्राप्त निर्देशनलाई पालना गर्दै आवश्यक व्यवस्था गरिएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठ नेवानिको खर्चमा कतार गएर प्रतिनिधित्व भने ओलम्पिक कमिटीको गर्दैछन् । श्रेष्ठ ७ वर्षदेखि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष छन् ।
‘ओलम्पिक कमिटीको अध्यक्ष भएकाले उद्घाटन शत्रमै सहभागी हुन निम्तो आएको आएको थियो,’ मन्त्रीका श्रेष्ठ स्वकीय सचिव भीमसेन राजबाहकले लोकान्तरसँग भने, ‘सोही दिन नेपालमा चुनाव भएका कारण मन्त्रीज्यू जान पाउनुभएन । अहिले चुनाव सकिएको र फुर्सद पनि भएकाले ओलम्पिक कमिटीकै प्रतिनिधित्व गर्दै विश्वकप हेर्न कतार जान लाग्नुभएको हो ।’
ओलम्पिक कमिटीको अध्यक्षका रूपमा जान लागेकाले यसलाई मन्त्री पदसँग जोड्न आवश्यक नरहेको उनको तर्क छ ।
ओलम्पिक कमिटीको प्रतिनिधित्व गर्न निगमलाई भार पारेको विषयमा भने पर्यटन मन्त्रालयका अधिकारीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
मन्त्रीले विदेश भ्रमण गर्दा मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्ने हुन्छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार सोमवार साँझसम्म उनको विदेश भ्रमणको विषयमा कुनै स्वीकृति आएको छैन ।
पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषदबाट स्वीकृतिविना मन्त्रीले विदेश भ्रमण गर्न मिल्दैन । तर, श्रेष्ठ भने कतार उड्नका लागि टिकट पक्का गरेर बसिसकेका छन् ।
सूचनाको हकलाई नै निष्प्रभावी बनाउने गरी गरिएको सूचना वर्गीकरणसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाहरूसँग सोमवार भएको छलफलमा वर्गीकरण हाललाई स्थगित...
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । सोमवार स्थायी कमिटी बैठक बस्ने तय भएको भए पनि गृह मन्त्रालयको विषयमा निर्णय लिनुपर्ने भएपछि छलफल गर्न माओव...
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो...
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोक...
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय अहिले चर्चामा छ । नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले सरकारी पाठ्यपुस्तक छाप्नुपर्नेमा निजी क्षेत्रका...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...