अवस्था ठीक नभएका सवारीसाधन चलाउने २२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँको कीर्तिपुरमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा पानी ट्याङ्कर, फोर्स गाडी र टाटा सुमो लगायतका २२ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
यस्तै कालो धुँवा फाल्ने र हेण्ड ब्रेक ठीक नभएका ८ वटा सवारी साधन भने नियन्त्रणमा लिइएको छ । ती सवारी साधनको थप यान्त्रिक परीक्षण गर्नु पर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग कीर्तिपुरले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।