०५ साउन २०८३, मंगलबार
मतगणना

समानुपातिकमा एमालेलाई २५ लाख ७० हजार मत, स्वतन्त्र पार्टी चौथोमा

मंसिर १३, २०७९
समानुपातिकमा एमालेलाई २५ लाख ७० हजार मत, स्वतन्त्र पार्टी चौथोमा

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकको ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा २५ लाख ७० हजार १४२ मत पाएको छ ।

नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतका साथ दोस्रोमा रहेको छ भने नेकपा माओवादी केन्द्र १० लाख ९१ हजार ५३६ मतका साथ तेस्रोमा छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा रहेको छ । स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मतका साथ पाँचौंमा छ ।

जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३ मत पाएको छ भने जनमत पार्टीले २ लाख ८७ हजार ५०५ मत पाएको छ । समानुपातिकमा नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार ७५७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्