०४ असार २०८३, बिहीबार

गृह मन्त्रालयको आग्रह : बाढी, पहिरो पीडितको उद्दार र राहतमा सहयोग गर्नुस्

कात्तिक २०, २०७४
गृह मन्त्रालयको आग्रह : बाढी, पहिरो पीडितको उद्दार र राहतमा सहयोग गर्नुस्
काठमाडौं, २८ साउन– गृह मन्त्रालयले केही दिनयता परिरहेको अविरल वर्षाले देशका विभिन्न क्षेत्र बाढी, पहिरो र डुवानका परेको भन्दै खोज, उद्दार र राहतमा सहयोग गर्न सवैमा अपिल गरेको छ ।

गृह मन्त्रालयले एक अपिल जारी गर्दै पीडितको दैनिक जीवनमा आवश्यक खाद्यान्य लगायतका सामाग्रीहरु उपलव्ध गराउने कार्यमा आफ्नो तर्फबाट सहयोग गर्न सवैमा आग्रह गरेको छ । मन्त्रालयले विभिन्न नदीहरुमा जल सतह बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांके जिल्लाहरुका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।

यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गएको मन्त्रालयले जनाएको छ । यसबाट सार्वजनिक जीवन प्रभावित हुन पुगेको अपिलमा भनिएको छ ।

मन्त्रालयले खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्