×

Nic Asia
Dabur
Prabhu Bank

काठमाडौंका मेयर र उपमेयर नर्भिकमा, सोधे - ‘छोटो अवधिमै ३४ घाइतेको उपचार व्यवस्थापन कसरी सम्भव भयो ?’

काठमाडाैं | मंसिर १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सोमवार साँझ नर्भिक अस्पतालमा पुगेका छन् । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगर प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर साह र उपमेयर डंगोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका हुन् । 

yONNEX
IME BANK INNEWS

शुरुमा साँझ करिब ७ः४० बजेतिर पुगेका मेयर बालेन साहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमेरजेन्सी इञ्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा.ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘नर्भिकले ३४ जना घाइतेहरूको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो’ भनेर बालेनले डा. प्रधानसँग चासो राखेका थिए । उनले नर्भिकको इमेरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरूको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरूको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरूलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको र आज पनि त्यसै गरिएका कारण ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको बताएका थिए । 


Advertisment
Lokantar App
Saurya island

मेयर साहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगरप्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । 

उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन् । सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ : लसुनमा भ...

चैत ५, २०७९

लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकमसम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि न...

चैत ३, २०७९

२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ ।  होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् ।  साफिस दक्षिण एसिय...

चैत ५, २०७९

जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छ । दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलबारे अ...

चैत २, २०७९

काठमाडौं – मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेवित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्...

चैत ३, २०७९

कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् ।  फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैन...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x