०४ असार २०८३, बिहीबार

हाउजिङले बनाएको पुलले बाढी छेक्दा ललितपुरको हात्तीवनमा डुवान

कात्तिक २०, २०७४
हाउजिङले बनाएको पुलले बाढी छेक्दा ललितपुरको हात्तीवनमा डुवान

ललितपुर, २८ साउन– ललितपुर कर्मनाशा खोलामा आएको बाढीका कारण ललितपुरको हात्तीवन क्षेत्र डुवानमा पारेको छ ।

शुक्रबारदेखि अविरल वर्ष भएसँगै कर्मनाशा खोलामा बाढी आएपछि ललितपुरको हात्तीवन क्षेत्रका स्थानीयको घरमा बाढी पसेको छ भने मानिसहरु घरका छतमा र सुरक्षीत स्थानमा गएका छन् ।

खोला नजिक रहेका विद्यालयहरुमा पूर्ण रुपमा पानी पसको छ । घरहरुमा समेत ४ फुटसम्म पानी पसेको छ ।

हात्तीवनमा रहेको मेरो सिटी अपार्टमेन्टले बनाएको पुलले पानीको बहाव रोक्दा अन्य घरहरुमा पानी पसेको छ । उक्त पुल मापदण्ड विपरित बनेको कारण समस्या आएको स्थानीयले आरोप लगाए ।

ललितपुर महानगरपालिकाको डोजरले मेरो सिटी हाउजिङले बनाएको पुलले बहाव छेकेपछि त्यसलाई खोल्ने प्रयास गरिरहेको छ । यस अघि स्थानीयले मापदण्ड विपरित पुल बनाइएको भन्दै उक्त पुललार्इ भत्काउन माग गर्दै अाएका थिए । 

विहान साढे ९ बजेपछि पानीको बहाव बढेपछि बस्तीमा पानी पसेको छ । हरिसिद्धिका स्थानीयले प्लटिङ गर्नेले खोलाको सीमा मिचेको र साघुरो बनाएका कारण वस्तीमा पानी पसेको आरोप लगाएका छन् । खोला आठ फूट भन्दा कम चौडाइमा समेटिएको कारण समस्या परेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्