चैत ११, २०७९
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो । बालुवाटार स्रोतका अनुसार एकी...
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हाल संसद् भवनको रूपमा प्रयोग भइरहेको वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआईसीसी) तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् ।
सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला महोत्सव गर्नको लागि हलको आवश्यकता रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनुपर्ने बताएका हुन् । उनले सरकारले ठूला–ठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताए ।
‘काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआईसीसी) संसद भवन चीनले अन्तर्राष्ट्रियस्तरको हलका लागि दिएको हो । त्यो संसद् बस्ने स्थान होइन, बिआईसीसी हललाई जतिसक्दो खाली गराउनुपर्छ’, ऐरले भने, ‘त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तर्राष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो, जुन प्रयोजनका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’
उनले प्रदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकरात्मक भूमिका खेल्ने बताए । उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।
सरकारले २०६४ सालदेखि बीआईसीसीलाई संसद् भवनकाे रूपमा प्रयाेग गरिरहेकाे छ । सिंहदरबारभित्रै नयाँ संसद् भवन निर्माण कार्य भइरहे पनि सम्पन्न हुन ढिलाइ भइरहेकाे छ ।
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो । बालुवाटार स्रोतका अनुसार एकी...
समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक शुरू भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारीको बैठक शुरू भएको जानकारी देउवाका स्वकीय सचिव भानु देउवाले...
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्। नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेप...
राप्रपा नेतृ कुन्ती पोखरेलले पोख्रेलले महिलाहरू आर्थिक रुपमा पुरुषको पछि लाग्न नहुने बताएकी छन्। काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वर मनोहरा नगरपालिकामा पार्टीले गरेको महिला भेलामा उनले&n...
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् । संसदीय दल...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...