×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

३१ वर्षे संसदीय राजनीतिमा पहिलो हार नजिक विजय गच्छदार, भगवती चौधरी ६ हजारले अगाडि

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार संसदीय राजनीतिमा ‘चतुर खेलाडी’ मानिन्छन् । ३१ वर्षे संसदीय राजनीतिमा हालसम्म अपराजित उम्मेदवारका रूपमा पनि उनको परिचय स्थापित छ । त्यसबाहेक धेरैपटक सरकारमा सहभागी भएर मन्त्री भएको रेडर्क पनि उनकै नाममा छ । 

Muktinath Bank

३१ वर्षे संसदीय राजनीतिक यात्रामा गच्छदार पहिलो हार नजिक पुगेका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका उनी हार नजिक पुगेका हुन् । उनी सोही क्षेत्रबाट यसअघि पटक–पटक निर्वाचित हुँदै आएका थिए । यसपटकको निर्वाचनमा उनी नेकपा एमालेकी भगवती चौधरीसँग पराजित हुने अवस्थामा पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म मत गणना सकिएको छैन । यद्यपि, मत गणना कार्य अन्तिम चरणमा पुग्दा चौधरी र गच्छादारबीच ६ हजारभन्दा बढीको मतान्तर देखिएको छ । यो मतान्तर घटाएर जीत हात पार्न गच्छदारका लागि करिब असम्भव देखिएको छ । चौधरी यसअघि २ पटक गच्छदारसँग पराजित भएकी थिइन् ।  


Advertisment
Nabil box
Kumari

हालसम्मको मत परिणामअनुसार एमालेकी चौधरीले ३६ हजार ९३६ मत पाएकी छन् । गच्छदारले ३० हजार ६०१ मत मात्र पाएका छन् । गच्छदार चौधरीभन्दा ६ हजार ३३५ मतान्तरले पछाडि छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरीले १ हजार ६४१ मत मात्र पाएका छन् । 

Vianet communication
Laxmi Bank

सुनसरी ३ मा गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट दिँदा पार्टीभित्र र बाहिरसमेत विरोध भएको थियो । उनी विघटित प्रतिनिधि सभा सदस्य थिए । तर, ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । निलम्बित सांसद गच्छदारलाई टिकट दिइएको भन्दै त्यसको विरोध भएको थियो । 

नेपाली कांग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका गच्छदार मधेश आन्दोलनपछि भने छुट्टै दल दर्ता गरेर मधेश केन्द्रित राजनीतिमा लागेका थिए । उनले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेर सत्तामा पटक–पटक पुगेका थिए । उनी हालसम्म १२ पटक उपप्रधानसहितका विभिन्न मन्त्री भएका छन् । मधेशकेन्द्रित दलहरू कमजोर बनेपछि उनी फेरि कांग्रेससँग एकीकरण गरेर पुरानै पार्टीमा फर्किएका थिए । 

लामो समय संसदीय राजनीतिमा ‘कि पर्सन’का रूपमा रहेका गच्छदार यसपटक भने संसद् बाहिर रहने लगभग पक्का भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x